काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनले समस्या समाधान हुन नसक्ने टिप्पणी गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै समस्याको जड नै प्रधानमन्त्री भएकाले मन्त्री फेरेर मात्र समस्या समाधान नहुने बताएका छन् ।
उनले मन्त्रिपरिषद पुनर्गठनलाई दुई चार दिनको घाँमछाँयाको संज्ञा दिएका छन् । उनले सर्वोच्च अदालतको फैसला नआउञ्जेल मन्त्रिपरिषदको पुनर्गठन ‘दुई चार दिनको घामछाँया’ भनेका छन् ।
उनले कलेजोमा रहेको क्यान्सरको निदान बुढी औलामा शिवाजल गोली दलेर नहुनेसमेत जनाएका छन् ।