June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे

135

काठमाडाैं । प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन् । जसअनुसार बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन् । नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए।

प्रधानमन्त्री ओलीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन् । उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ। 

ओलीले  रघुवीर महासेठलाई परराष्ट्रमन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन् । यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए । महासेठ र तामाङ यसअघि पनि ओली सरकारमा मन्त्री भइसकेका थिए ।