काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरकारले ल्याएको नागरिकता अध्यादेश सम्बन्धी मुद्दा सुनुवाईका लागि लागि संवैधानिक इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका हुन् ।
उनले आफूसहित पाँच जना न्यायाधीशको इजलास गठन गरेका छन् । जसमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, बालकृष्ण न्यौपानले लगायतले सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।