June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

माधव नेपाल निकट १७ भातृसंगठनको चेतावनीः फागुन २८ यता गरेका निर्णय नसच्याए पार्टी विसर्जन

110

काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल निकट भातृसंगठनले अलग पार्टी बनाउने चेतावनी दिएका छन् ।

बिहीबार नेपाल निकट १७ भातृसंगठनका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै फागुन २८ यता अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान बिपरीत गरेका निर्णय नसच्याए पार्टी अलग गर्ने चेतावनी दिएका हुन् ।

‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले अहिले पनि आफुहरु पार्टी एकताकै पक्षमा रहेको भन्दै केही नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उक्त निर्णय फिर्ता लिन समेत माग गरेका छन् ।

‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णय तत्काल फिर्ता लिन माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।