April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा : २३ गतेलाई पेशी तोकियो

2.3K

काठमाडौं- प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि यही जेठ २३ गतेका लागि पेशी तोकेको छ। संवैधानिक इजलासमा आज भएको सुनुवाइपछि २३ गतेका लागि नयाँ पेशी तोकिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा ३० थान रिट निवेदन दायर भएका थिए।

गत शुक्रबारदेखि संवैधानिक इजलासमा यसबारे सुनुवाइ सुरु भएको हो। प्रधानन्यायाधीश राणाले आफूसहित बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास तोकेका थिए।

Advertisement

न्यायाधीशद्वय श्रेष्ठ र केसीलाई इजलासमा राखिएकोमा रिट निवेदकका पक्षका कानुन व्यवसायीले विरोध जनाउँदै आएपछि मंगलबारको सुनुवाइ सुरु हुन सकेको थिएन।

यसैबीच मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले इजलासमा नबस्ने घोषणा गरेका छन्। संवैधानिक इजलासमा रहेका न्यायाधीशका विषयमा प्रश्न उठेपछि उनीहरू अलग हुने निर्णयमा पुगेका हुन्।