April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इजलास विवादबारे प्रधानन्यायाधीश र सर्वोच्च बारका प्रतिनिधिबीच छलफल

1.3K

काठमाडौं- संवैधानिक इजलास विवादबारे प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका प्रतिनिधिबीच छलफल भएको छ। उनीहरूबीच सर्वाेच्च अदालतमा छलफल जारी छ।

छलफलमा सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे सहभागी छन्। यस्तै, सदस्यहरू अनन्तराज लुइँटेल र विकास भट्टराई पनि छलफलमा सहभागी छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्चको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशका विषयमा प्रश्न उठेपछि उनीहरूबीच छलफल भएको हो। न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीका विषयमा कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन्।

Advertisement

न्यायाधीश श्रेष्ठले नेकपा नाम विवाद मुद्दामा एमाले र माओवादी ब्युँताउने फैसला गरेको त्यसकै कारण अहिलेको अवस्था सिर्जना भएको भन्दै कानुन व्यवसायीहरूले प्रश्न उठाएका हुन्। न्यायाधीश केसीले प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइमा पनि सहभागी थिए। 

यी दुई न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने उनीहरूको तर्क छ। प्रतिनिधि सभा विघटन सुनुवाइ हुँदैछ।