June 18, 2021, Friday
२०७८ असार ५
1:37:26 pm

प्रतिनिधि सभा विघटनका सबै मुद्दा संवैधानिक इजलासमा पठाउने प्रधानन्यायाधीशको आदेश

285

काठमाडाैं- सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी सबै मुद्दा संवैधानिक इजलासबाट सुनुवाइ गर्ने भएको छ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले यस्तो आदेश गरेको हो।

शुक्रबार यसै सम्बन्धी अन्य रिट निवेदन संवैधानिक इजलासमा रहेकाले सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएको हो।

बिहीबार सुनुवाइका क्रममा कानुन व्यसयाीहरूले संवैधानिक इजलास नभइ बृहत् पूर्ण इजलास गठन गरिनुपर्ने माग गरेका थिए।

उनीहरूले संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि ११ जनाभन्दा धेरै न्यायाधीशको बृहत् पूर्ण इजलास गठन गरिनुपर्ने माग गरेका हुन्। 

गत पुस ५ गते संसद् विघटन भएपछि सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइका क्रममा समेत बृहत् पूर्ण इजलास गठनको माग उठेको थियो। 

बिहीबार बहसका क्रममा अधिवक्ता लोकेन्द्र ओलीले फेरि प्रतिनिधिसभा विघटन हुँदा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भएकाले बृहत् संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन मुद्दा हेर्नुपर्ने माग गरे।