June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

पार्टीको निर्णय नमाने कारबाही हुने सुदूरपश्चिमका एमाले सांसदलाई कर्ण थापाको चेतावनी

215

काठमाडौँ – नेकपा एमालेले सुदूरपश्चिममा पार्टीको निर्णय नमान्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेपछि पार्टीले कारबाहीको चेतावनी दिएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले केन्द्रले दिएको निर्देशन नमाने आवश्यक कारबाही गर्ने चेतावनी दिए । आजको बैठकमा उपस्थित ५० प्रतिशत सांसद पार्टीको निर्देशनको पक्षमा भएको अध्यक्ष थापाले दाबी गरेका छन् ।

‘केन्द्रले दिएको निर्देशन कार्यान्वयन हुन्छ । बाहिर हल्ला मात्रै गरेका हुन् माइन्यूट गरिएको छैन्’, उनले भने, ‘पार्टीको निर्णय नमान्नेलाई कारबाही हुन्छ ।’

कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।