June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

राष्ट्रपति र प्रधानमन्त्रीले संकट निम्त्याए: पूर्वसभामुख

305

काठमाडौं- पूर्वसभामुखहरूले राष्ट्रपति र प्रधानमन्त्रीले वर्तमान राजनीतिक संकट निम्त्याएको बताएका छन्। मंगलबार सभामुख अग्निप्रसाद सापकोटासँको भेटेपछि उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संकट निम्त्याएको बताएका हुन्।

छलफलपछि पत्रकारलाई जवाफ दिँदै पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र ओनसरी घर्तीले सर्वोच्च अदालतले न्याय दिने अपेक्षा राखे। 

संसद् आह्वान गर्न सकिने/ नसकिने विषयमा राज्य व्यवस्था परामर्श समिति तथा कानुनविदसँग पनि सभामुखले राय लिने पौडेलले बताए।

कांग्रेस नेता तथा पूर्वसभामुख पौडेलले सभामुखले सबैसँगको छलफल पछि अरु कदम चाल्ने बताएको जानकारी दिए। 

पूर्वसभामुख घर्तीले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेकाले न्याय पाउने बताइन्। दोस्रोपटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले पूर्वसभामुखहरूसँ छलफल गरेका हुन।