June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

माधव नेपालको अपील : पार्टी जोगाउन सक्दो गरेँ, ओलीले प्रतिशोध साँधे

400

काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले नेकपा एमाले जोगाउनका लागि आफूले सक्दो प्रयास गरेको बताएका छन्। 

पार्टीबाट निष्काशनमा परेपछि मंगलबार अपिल जारी गर्दै नेता नेपालले आफूले व्यक्तिगत र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्। 

‘ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए भनेर आम जनसमुदाय र नेता कार्यकर्ताबीच पुर्याएँ। पटक-पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें ।’ नेपालले अपीलमा लेखेका छन्,’तर सत्ता,शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन् गरेनन् ,वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे।’

ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका टिप्पणी गरेका छन्। उनले ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आम जनसमुदायमा अपील गरेका छन्।