June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

महन्थसहित चार नेतालाई ७२ घण्टे स्पष्टीकरण पत्र आज पठाइँदै

345

काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सचेतक लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्लालाई ७२ घण्टे स्पष्टीकरण पत्र आज(मंगलबार) पठाउने तयारी गरिएको छ। जसपा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको गत शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महन्थ,राजेन्द्र सहित चार नेतालाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

‘गत शनिबार पार्टी अनुशासनविपरित काम गरेको भन्दै चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भयो। स्पष्टीकरणमा के के सोध्ने भनेर पत्र तयार गर्न समय लाग्यो,’ जसपा कार्यालय सचिव प्रकाश अधिकारी भने, ‘स्पष्टीकरण पत्रको व्यहोरा तयार भइसको छ। सम्भवत आज पठाउँछौं।’ 

स्पष्टीकरण  पत्र चारै जना नेतालाई इमेलमार्फत पठाईने अधिकारीले बताए । उता जसपा–महन्थ राजेन्द्र पक्षले मधेस आन्दोलनका माग र मुद्दालाई लिएर सरकारसँग वार्ता गर्दा स्पष्टीकरण सोध्नु तर्कसंगत नभएको जिकिर गरेका छ्न्।

स्पष्टीकरणको पत्र प्राप्त गरेपछि जवाफ दिने वा नदिने भन्ने विषयमा छलफल गरेर टुंगो लगाइने महन्थ–राजेन्द्र पक्षले जनाएकाे छ।