June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी, जन्मसिद्धका सन्तानले वंशजको नागरिता पाउने

465

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानलाई वशंजका आधारमा नागरिकता दिन मिल्ने व्यवस्था छ । यसअघि जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

मधेशकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

नेपालको अन्तरिम संविधान २०६३ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था थियो । तर, संविधान निर्माण गर्दा उक्त व्यवस्था हटाइएको थियो ।

मधेश केन्द्रीत दलहरुले नागरिकताको व्यवस्थासम्बन्धी प्रावधानप्रति विरोध गर्दै आएका थिए । अन्तरिम संविधानमा उल्लेख भएको व्यवस्था संविधानमा राख्नुपर्ने माग उनीहरुको थियो ।