June 18, 2021, Friday
२०७८ असार ५
1:37:26 pm

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन

690

काठमाडौं – निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन परेको छ ।

सत्तारुढ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला आयोगमा नेकपा (एकिकृत) पार्टी दर्ताका लागि निवेदन परेको हो ।

राजनीतिक दल व्यवस्थापन शाखाका उपन्यायधिवक्ता गुरु प्रसाद वाग्लेले प्रक्रियामा रहेकाले दर्ता भइनसकेको जानकारी दिए । केही प्रक्रिया नमिलेका कारण सच्याएर आउन भनिएको उनले जानकारी दिए ।

अनेरास्ववियुका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कमल राखिएको छ ।