June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

सर्वोच्चले संसद विघटनको निर्णय पुनः बदर गर्छ : प्रचण्ड

490

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई पुनः बदर गर्ने विश्वास व्यक्त गरेका छन्।

शनिबार नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले असंवैधानिक निर्णयलाई सर्वोच्च अदालतले बदर गर्ने बताएका हुन्।

अदालतबाट विगतको झैँ संसद विघटन सदर नहुने उनले बताए। संसद विघटन असंवैधानिक कदम भन्दै प्रचण्डले त्यसविरुद्ध आफूहरू अदालत जाने बताए।

‘संसद विघटनको यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी छ। यो कदमविरुद्ध सर्वोच्च जान्छौँ। हिजो १४९ जनाले दाबी प्रस्तुत गरेका थियौं उहाँहरू सबैको हस्ताक्षरसहित सर्वोच्च जान्छौँ’ प्रचण्डले भने। 

अदालतले बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट निवेदन लिएर गइसकेपछि पुनः संविधानको रक्षामा उनले विश्वास व्यक्त्त गरे। अदालतले फेरि एकपटक संविधानका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको भन्दै उनले यसअघि नै त्यो प्रमाणित भइसकेको बताए।

‘कोरोना महामारी नियन्त्रणमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्ने बेलामा निरंकुश र तानाशाही प्रवृत्ति