June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

संसद विघटनपछि गगनको टिप्पणी: सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले

390

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई अध्यारो सुरुङमा हालेको टिप्पणी गरेका छन्। 

मध्यरातमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर सरकारको सिफारिसमा कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेपछि त्यसबारे प्रतिक्रिया दिँदै थापाले महामारीमा यस्तो अधम गर्न सक्ने देशघाती यहिँ र यत्तिमै रोकिनेवाला नभएको उल्लेख गरेका छन्। 

उनले सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज काममा सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न नेताहरुलाई आग्रह गरेका छन्।

ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद विघटन मन नपरेकोले उनीहरुले त्यसको हुर्मत लिएको थापाको भनाइ छ। 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।