June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको पनि दाबी

420

काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गरेका छन्, ‘नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नुभएको छ ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ।’