काठमाडाैं- नेकपा (एमाले)को माधवकुमार नेपालपक्षकासहित बहुमत सांसदहरुको हस्ताक्षर बुझाएर प्रधानमन्त्री दाबी गर्ने तयारीमा विपक्षी दलहरु लागेका छन्। अहिले सिंहदरबारमा विपक्षी दलका दोस्रो तहका नेताहरूबीच यसबारे छलफल चलिरहेको छ।
अर्थ समितिको हलमा जारी छलफलमा एमालेका भीम रावल, मओवादी केन्द्रका वर्षमान पुन, नेपाली कांग्रेसका बालकृष्ण खाँड, रमेश लेखक, जसपाका मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादवलगायत सहभागी छन्।
छलफलमा सहभागी एक सांसदका अनुसार व्यक्तिको हकमा भएकाले दलको नभइ सांसदहरूको हस्ताक्षर बुझाउनेबारे छलफल भइरहेको बताइएको छ।
माओवादी केन्द्रका नेता पुनले केहीबेर नेपालपक्षको भेलामा बसेर छुट्टै छलफलमा सहभागी भएका थिए। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ पनि माधव समूहकै भेलामा छन्।