May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

सक्नुहुन्छ भने वैकल्पिक सरकार बनाउनुस्, नत्र मलाई सहयोग गर्नुस् : प्रधानमन्त्री ओली

1.6K

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सक्ने हो भने वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन्।

उनले आफूले शुक्रबार बिहान पनि देउवलाई यसबारे आग्रह गरेको बताए। उनले देउवाले वैकल्पिक सरकार बनाउने भए आफू रचनात्मक सहयोग गर्न तयार रहेको पनि बताए।

शुक्रबार दिउँसो सिंहदरबारमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै ओलीले भने, ‘आज बिहान देउवाजीलाई भनें, सरकार बनाउनुस्, म शान्त भएर प्रतिपक्षमा बस्छु। राष्ट्रिय सरकार बनाउने हो भने आउनुस् सबै मिलेर बनाऔं भनें।’

Advertisement

ओलीले  देउवालाई राष्ट्रिय राजनीतिलाई विभाजित गर्ने प्रयास मात्र गरेको आरोप लगाए। ‘उपयुक्त विकल्प छ भने प्रस्तुत गर्नुस् भनें’, ओलीले भने।