March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

ओली फेरि प्रधानमन्त्री हुने

1.7K

काठमाडौं – नेपालको संविधानको धारा ७६(५) अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आह्वान अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री हुने भएका छन् ।

नेकपा एमालेका १२१ सांसद रहेकोमा जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका १९ सांसदसहित १४० सांसदको समर्थनमा ओली नै प्रधानमन्त्री हुने सहमति जुटेको स्रोतले जनाएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेपछि जसपा अध्यक्ष ठाकुर र नेता महतो प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । यसअघि पनि ठाकुर र महतो ओलीसँग नजिक रहेका थिए ।

Advertisement

बिहीबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्म नयाँ प्रधानमन्त्री नियुक्तिका लागि बहुमतको आधारसहित दाबी पेश गर्न आह्वान गरेकी छन् ।

संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाइने आधार नदेखेपछि नयाँ प्रक्रिया अगाडि बढाइएको हो ।