काठमाडौं– राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा डा खिमलाल देवकोटा ५०८८ मतभार सहित विजयी भएका छन्।
स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।