June 18, 2021, Friday
२०७८ असार ५
1:37:26 pm

पत्रकार महासंघ यूकेको निर्वाचन अगाबै शुरु भयो विवाद

840

लण्डन – नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी निर्वाचनको विषयमा विवाद उत्पन्न भएको छ ।

निर्वाचन नजिकिएसँगै महासंघले महासंघको गते मे महिनामा बसेको पूर्ण कार्य समितिको बैठकको निर्णय विपरित निर्वाचन समितिले कार्यक्षेत्र भन्दा बाहिर गएर निर्वाचन नियमावली जारी गरेको भन्दै सो कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै तदर्थ समिति वनिसकेको महासंघ यूके शाखाका अध्यक्ष नरेशखपाङ्गी मगरको प्रभावमा एकलौटी ढंगले निर्वाचन समितिले क्षेत्राधिकार नाघेर काम सुरु गरेको जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ ‘बैठकको म्यान्डेट विपरित शाखाको पाँचौँ अधिवेशनका निर्वाचन कार्यक्रम समेत अध्यक्ष मगरको एकल सहमतिमा महासचिव सञ्जयभकक्त कँडेललाई समेत थाहा नदिई प्रकाशित गर्नुले अधिवेशन निष्पक्ष हुनेमा आशंका जन्मिएको छ’ ।

महासंघ बेलायत शाखाका महासचिव सञ्जयभक्त कँडेलद्वारा हस्ताक्षरित जारि विज्ञप्तीमा महासंघको पूर्ण कार्य समितिको बैठकले सर्वसम्मत रुपमा जुन महिनामा अधिवेशन गर्ने र नयाँ कार्य समिति चयन गर्ने निर्णय गरे पनि उक्त निर्णय विपरित षडयन्त्रपूर्वक निर्वाचन प्रमुख आयुक्तले विधानमै नभएको अधिकार सहितको नियमावली जारी गरेको उल्लेख गरिएको छ । साथै विज्ञप्ती मार्फत महासंघ यूकेको २ कार्यकाल पुरा गरि बाहिरिन लागेका अध्यक्षले महासंघको निर्णय विपरित विभिन्न समाजसेवी र संचारकर्मीलाई सम्मान तथा पुरस्कार वितणर गर्ने कार्य गर्दै आएको आरोप लगाउदै महासंघको अनुरोधलाई अस्विकार गर्ने व्यक्तिहरुले यो विवादको परिणामको भागीदार स्वमय् हुनु पर्ने जनाएको छ ।

विज्ञप्ती मार्फत महासंघलघले महासंघमा भइरहेको पछिल्लो निर्णय विपरितका क्रियाकलाप रोक्न विश्वव्यापी निर्वाचन मान्यता विपरित राखिएको निर्वाचन समितिको अधिकार हटाउन महासंघका केन्द्रीय अध्यक्ष लगायतका पदाधिकारीहरुलाई समेत जानकारी गराइसकेको जनाएको छ ।