June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

खिमलाल मेरै उम्मेदवार हुन्, अन्यथा गर्न मिल्दैन : माधव नेपाल

470

काठमाडाैं : नेकपा एमालेका नेता माधव नेपालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार डा खिमलाल देवकोटालाई मत हाल्न पार्टीका आफ्ना पक्षका मतदातालाई स्वविवेक प्रयोग गर्न आग्रह गरेका छन्। 

आज नेता नेपालको सचिवालयले एक विज्ञप्ति निकालेर देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने बताएको छ। आजै बागमती प्रदेशतर्फ राष्ट्रिय सभाका अर्का उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा उपनिर्वाचनबारे छलफल गर्न नेपालनिवास कोटेश्वर पुगेका थिए। 

६ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न थापाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई आग्रह गरेका थिए।

नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएका नेपाल सचिवालयले जनाएको छ। जसका कारण अन्यथा गर्न नसक्ने नेपालले स्पष्ट पारेका छन्।

त्यसपछि थापाले नै मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेका सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ। मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति भएको र कतिपय स्थान एवं मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति नभएको पनि सचिवालयले जनाएको छ।