March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

पछिल्लो २४ घण्टामा थप ८०२३ जनामा संक्रमण पुष्टि, ६८९१ संक्रमणमुक्त

1.6K

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २सय ८६ पीसीआर परीक्षण र र ६सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा हालसम्म ४ लाख ७६ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ९६ संक्रमितको मृत्यु भएको छ ।

योसंगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।