काठमाडौं– नेपालमा थप ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी २१ हजार ६५३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ९ हजार १९८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा ४३४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको हो।
सोमबार थपिएका संक्रमितसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ। हालसम्म संक्रमण भएकामध्ये ३ लाख ४५ हजार ५२३ जना संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन्।