काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। साँझ ५ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक आह्वान भएको एक मन्त्रीले बताए।
उनका अनुसार यो मन्त्रिपरिषद्को नियमित बैठक हो। बैठक नियमित भएपनि केही महत्वपूर्ण निर्णय हुनसक्ने ती मन्त्रीले बताए।
आजको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको छ।
जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता छ।
त्यसअघि बजेटका सिद्धान्त र प्राथिमकताका लागि १५ दनि अगावै संसद् चल्नुपर्ने हुन्छ। तर, सरकारले यो समय गुजारीसकेको छ।
बजेटअघि पेश हुने नीति तथा कार्यक्रम पनि पेश हुन सकेको छैन।