April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

माओवादीद्धारा पार्टी पुनर्गठनका लागि सुझाव माग

2.3K

काठमाडाैं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टी पुनर्गठनका लागि सुझाव मागेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीलाई कस्तो बनाउने भन्दै सार्वजनिक सुझाव मागेका  हुन्।

‘प्रचण्ड’लेआगामी दिनमा पार्टीको विचार, राजनीतिक र संगठनात्मक संरचना कस्तो बनाउनुपर्छ भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा सुझाव मागेका हुन्। उनले घाइते, अपांग र शहीद परिवारको विषयमा विषयमा पनि राय मागेका छन्। 

mostbet

अब माओवादी केन्द्रको नेता कार्यकर्ताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकाले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको ‘प्रचण्ड’ले बताएका छन् । 

Advertisement