March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

प्रधानमन्त्री ओलीले लिएको सपथविरुद्व सर्वोच्चमा रिट दायर

2.4K

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री ओलीले लिएको सपथ कानून विपरित भएको भन्दै सर्वोच्चका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सपथ बदरको माग गर्दै रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कुन कानूनअनुसार हो सार्वजनिक रुपमा प्रष्ट पार्न राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयसँग मागदाबी गरिएको छ । रिटमा प्रधानमन्त्रीले लिएको शपथमा भएको व्यहोरा उच्चारण नहुनु गैरसंवैधानिक भएको जिकिर गरिएको छ ।

तेस्रो पटक प्रधानमन्त्री भएका ओलीले गत शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रंहण गर्दा दुईवटा महत्वपूर्णं अंश भन्न छुटाएका थिए । ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा उनले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

Advertisement

जसमा राष्ट्रपतिले छुट्यो कि भनि दोहोर्याउँदा उनले ‘यो पर्दैन’ भन्दै उल्टै राष्ट्रपतिलाई सिकाएका थिए । जसमा राष्ट्रपति हाँसेकी थिइन् । जसको भिडियो निकै भाइरल पनि छ । साथै शपथमा ओलीले ‘इश्वर’ भन्ने शब्द पनि उच्चारण गरेका थिएनन् ।

७ मन्त्रिको नियुक्ती पनि विवादमा

यसैबीच नयाँ मन्त्रिपरिषदमा सांसद नै नभएका ७ जनालाई नियुक्ती गरेको भन्दै नियुक्तीविरुद्व समेत रिट परेको छ । अधिवक्ता सन्तोष भण्डारीले संविधान विपरित नियुक्त ७ जनाकै नियुक्ती बदरको माग गर्दै रिट दायर गरेका हुन् ।