April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

अब अक्सिजनको अभाव नहुने सरकारको निष्कर्ष

2.3K

काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमितको उपचारका लागि अब अक्सिजनको अभाव नहुने जनाएको छ। अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति बढेकाले अब अक्सिजनको अभाव नहुने देखिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए।

आइतबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकपछि सञ्चारकर्मीसँग बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले अत्यावश्यकीय सामग्रीहरु अक्सिजन, खोप लगायतको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिइएको पनि बताए।

mostbet

‘सिलिण्डरहरुको अभाव थियो, समाधान गर्दै लगिरहेका छौं, चीनबाट, ओमानबाट, सिलिण्डर मगाइएका छन्, तिनीहरु थपिन्छन्, निजी क्षेत्रले ल्याएका सिलिण्डर समेतले गर्दा अब चाहिँ अक्सिजनको त्यति ठूलो समस्या हुँदैन भन्ने हामीलाई लागेको छ,’ बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने। 

Advertisement