March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

देशभर १७०१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

1.8K

काठमाडौं – देशभर हाल १ हजार ७ सय १ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय ३१ आइसीयू र ३७० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १ हजार ७ सय ५ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा १९२ आइसीयू र ५४ भेन्टिलेटरमा, प्रदेश २ मा १९९ आइसीयू र ४८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५५४ आइसीयू र २१९ जना भेन्टिलेटरमा छन्। 

गण्डकी प्रदेशमा ९८ जना आइसीयू र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४० जना आइसीयू र ११ जना भेन्टिलेटरमा, कर्णालीमा १०१ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

Advertisement

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २८१ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ९ सय ३७ जना आइसोलेसनमा छन्। 

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसीयू, ८ भेन्टिलेटर र १८२ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू, १ भेन्टिलेटर र २०८ जना आइसोलेसनमा, वीर अस्पतालमा २ आइसीयू, ५ भेन्टिलेटर र १८३ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा २० आइसीयू, २० भेन्टिलेटरमा र २८९ आइसोलेसनमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसीयू, १५ भेन्टिलेटरमा र ९३ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १८ आइसीयू, १५ भेन्टिलेटर र ३४५ आइसोलेसनमा, पाटन अस्पतालमा ७ आइसीयू, १३ भेन्टिलेटर र ११० जना आइसोलेसनमा छन्। 

यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयू, १ भेन्टिलेटरमा र ८८ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, १ भेन्टिलेटर र ६६ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १२८ जना आइसोेलेसनमा छन्। 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १२ आइसीयू, ७ भेन्टिलेटर र ६६ आइसोलेसनमा, ह्याम्स अस्पतालमा १६ जना आइसीयू, ९ जना भेन्टिलेटरमा र ७० जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ४२ आइसीयू, ६ भेन्टिलेटर र १०९ जना आइसोलेसनमा, स्टार अस्पतालमा ७ आइसीयू, ७ भेन्टिलेटर र ५३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।