June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

भट्टराई निवासमा जसपा पदाधिकारी बैठक जारी

430

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा बसिरहेको छ।

बैठकमा भट्टराईसहित अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई छन्। जसपा पदाधिकारी बैठक जारी रहेको एक नेताले बताए।

जसपाका महन्थ-राजेन्द्र पक्षले बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भटेर आफूहरू तटस्थ बस्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिने निर्णय गरेकाले त्यसमा पक्ष वा विपक्ष दुवैमा नउभिने महन्थ–राजेन्द्र पक्षको भनाइ छ। तर, जसपा बाबुराम-उपेन्द्र पक्षले तटस्थ नबस्ने अभिव्यक्ति दिँदै आएका छन्।

जसपाले निर्णय गरेरै ओलीको संयुक्त सरकार बन्ने स्थिति आए त्यसमा सहभागी हुने बताएका छन्।