June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

प्रदेश १ मा थपिए ७२५ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

575

विराटनगर : प्रदेश १ मा आज १ हजार ५९९ जनाको पीसीआर परीक्षण गर्दा ७२५ जना कोरोना संक्रमित थपिएका छन्। परीक्षण गरिएकामध्ये ३१३ महिला र ४१२ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङमा ३५७ जनामा संक्रमण देखिएको छ। त्यस्तै, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४ जनमा संक्रमण पुष्टि भएको छ। संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४१ जना संक्रमित भएका छन्।

मोरङको विराटनगरमा १३२ महिला र १४३ पुरुषसहित २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सुन्दरहरैचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८/८, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा ७/७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान, सुनबर्षी र स्थानीय तह नखुलेका २/२, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा १/१ जनामा पनि कोरोना भाइरस संक्रमण देखिएको छ।

झापाको विर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०/२०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १, सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहवीमा ७, देवानगञ्जमा ३, बर्जुमा २, बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि, उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डीगढीमा १/१, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ११, चैनपुर र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिकामा ६, सुर्योदयमा २ र चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ५ र पाथिभरा याङवरकमा २, खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र तेह्रथुमको आठराईमा १/१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्याकं छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३६ हजार ६४५ पुगेको छ। संक्रमित भएकामध्ये ३० हजार १६९ संक्रमणमुक्त भइसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३३ पुगेको छ।

६ जना संक्रमितको मृत्यु

प्रदेश १ मा आज ६ जना संक्रमितको मृत्यु भएको छ। झापामा दुई महिला, मोरङमा एक महिला, दुई पुरुष र प्रदेश १ बाहिरकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४३ पुगेको छ। जसमा १६० महिला र ३८३ पुरुष रहेको मन्त्रालयको तथ्यांक छ।