May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

430

काठमाडौं : कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको अस्पतालले जनाएको छ।

नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो।

उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए। २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकी संविधान सभामा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् बनेकी थिइन्। सिद्दिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आएकी थिइन्। भारतबाट अङ्ग्रेजी साहित्यमा स्नातक सिद्दिकीका दुई छोरा र एक छोरीकी छिन्।