May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

कोरोनाले एकैदिन १४ जनाको मृत्यु, २६ सयबढी संक्रमित थपिए

340

काठमाडौं : पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणले मुलुकभर १४ जनाको मृत्यु भएको छ। यो सँगै देशभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी, ८ हजार ६ सय ६८ जनाको स्वाब परीक्षण गर्दा २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म देशभर २ लाख ९७ हजार ९७ मा कोरोना पुष्टि भएको छ।

अहिलेसम्म पिसिआर परीक्षण २३ लाख ९५ हजार ७ सय २५ जनामा गरिएको छ। शनिबार मात्र ३ सय ६८ जना संक्रमण मुक्त भएका छन र हालसम्म २ लाख ७७ हजार १ सय २३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।