May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

पाँचतारे होटलमा ओली–नेपाल छलफल सकियाे

570

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारबाट सुरु भएको नेताहरुको विवाद पाँच तारे होटलबाट समाधान खोज्न थालिएको छ । राजधानीको मेरियट होटलमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भर्खरै सकिएकाे छ । पार्टीको विवादबारे दुई नेताबीचको भेटमा छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री ओली र नेता योगेश भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएपछि दुई नेताबीचको भेटकाे वातावरण मिलेकाे हाे । चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो ।

पार्टीका अध्यक्ष रहेका ओलीले माधव नेपालसहित ४ जना नेतालाई कारबाही गरेका छन् । ओलीको कारबाही पछि खनाल–नेपाल पक्षले भने सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।