May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

300

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको निणर्य गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिएको छ।

आज (बुधबार) बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निणर्य कहिले गर्ने भन्ने जिम्मा प्रचण्डलाई दिने निणर्य गरेको हो।

स्थायी कमिटी बैठकमा भएको निणर्य जानकारी दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिनेभन्दा पनि अन्य दलसँग छलफल गरेर उपयुक्त समयमा फिर्ता लिइने बताए।