May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

ओलीको स्पष्टीकरण मागविरुद्ध सर्वोच्च पुगे माधव नेपाल पक्ष

370

काठमाडौं- प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्रको विरुद्धमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत पुगेको छ। नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराईलगायत सर्वोच्च पुगेका हुन्।

पार्टीभित्र विधि, पद्धतिका लागि दबाब सिर्जना गर्दा कारबाही गर्ने मनशायले स्पष्टीकरण सोधिएको नेपाल पक्षको आरोप छ। उक्त कारबाही रोक्न माग गर्दै उनीहरू अदालत पुगेका हुन्।

नेपाल पक्षले आफूले अर्को दल खोलेको वा पार्टीको ह्वीप उलंघन नगरेको दाबी गरेको छ। त्यसैले राजनीतिक र कानुनी दुवै लडाइँ लड्न निर्णय गरेको छ। मंगलबारको अनौपचारिक भेलापछि नेपाल पक्षीय सांसद रामकुमारी झाँक्रीले अदालतसम्म पुग्ने बताएकी थिइन्।