May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

सभामुख सापकोटाको मुद्दा पेशीमा

340

काठमाडौं– सर्वोच्च अदालतले सभामुख अग्‍निप्रसाद सापकोटाविरुद्धको मुद्दा पेशी तोकेको छ ।

सापकोटाविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा परेको हो। पेशी संवैधानिक इजलाशको १०औं नम्बरमा रहेको छ ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै  तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।