May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

पूर्वराजा ज्ञानेन्द्र शाह दाम्पतिलाई कोरोना भाइरस संक्रमण

375

काठमाडाैं । भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्केपछि कोभिड-१९ पीसीआर जाँच गर्दा  दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले बताए ।  

पाठकले भने ‘भारत भ्रमणबाट नेपाल फर्केपछि कोभिड पीसीआर परीक्षण गर्दा पूर्वराजा शाह दाम्पतिमा पोजेटिभ देखिएकाले निर्मलनिवासमा सेल्फ आइसोलेसनमा उहाँहरू बस्नुभएकाे छ  ।’

भारतमा कोरोनाको जोखिम दिनानुदिन बढिरहेको छ । पूर्वराजपरिवार पनि धार्मिक समारोहमा सरिक हुने क्रममा ठूलो भीडभाडमा सहभागी भएका थिए ।

निर्मल निवास स्रोतका अनुसार यसबीचमा पूर्व राजपरिवारको साथमा रहेका अरुको पनि पीसीआर जाँच गरिएको छ ।