May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

आज थप १७३६ जनामा कोरोना संक्रमण, ११ जनाको निधन

275

 काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ८०५५ पिसीआर र ६८३ ऐन्टिऐजिन परीक्षणमा १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १७३६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९५.९ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । मन्त्रालयका अनुसार आज थपिएका ११ सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३,१०२ पुगेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ८६५९ रहेको छ भने ९२ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ५० हजार ५५७ कोरोनाका नमुना परीक्षण गरिएको छ ।