May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

स्पष्टीकरण माग्दै माधव नेपाललाई ओलीले भने : तपाईँले दल त्याग गरेको किन नभन्ने ? (पत्रसहित)

325

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई पार्टी र सरकारविरुद्व अपाराधिक क्रियाकलाप गरेको आरोप लगाएका छन् । उनले नेता नेपाललाई स्पष्टीकरण सोध्दै पार्टी परित्याग गरेको किन नभन्ने भन्ने प्रश्न पनि गरेका छन् ।

“तपाईँले कर्णाली प्रदेश सभामा प्रदेश सभाका सदस्यहरुलाई उचाल्दै, भड्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोध क्रियाकलाप गर्न दुरुत्साहन गर्ने फ्लोर क्रस गरी पार्टीको ह्वीप उल्लंघन गर्दै मतदान गर्न निर्देशन दिने जस्ता अनुशासनहीन र आपराधिक कार्यसमेत गरे/गराएकाले तपाईँलाई यसरी पार्टी वा पार्टीको संसदीय दल परित्याग गरिएता पनिदल त्याग गरेको किन नभन्ने ?”, स्पष्टीकरण पत्रमा ओलीले सोधेका छन् ।

ओलीले नेता नेपालको गतिविधि छुट्टै राजनीतिक दल गठन गरेको जस्तै भएको भन्दै किन कारबाही नगर्ने भनि प्रश्न गरेका छन् । स्पष्टीकरण उनले पार्टीबाट कारबाही नगर्ने र संघीय संसदबाट नहटाउने बारे कारण पेश गर्न पनि माग गरेका छन् ।

ओलीले स्पष्टीकरण दिन माधव नेपाललाई २ दिनको समयसीमा दिएका छन् । अध्यक्ष ओलीले सोमबार बसेको नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठकको निर्णयअनुसार मंगलबार माधव नेपालसहित उनी पक्षीय प्रतिनिधि सभाका २७ र प्रदेश सभाका ५ सांसदसँग स्पष्टीकरण माग गरेका छन् ।

यस्तो छ माधव नेपाललाई दिइएको पत्रमा

https://drive.google.com/file/d/1IFN6ZEMBW2VunF1PSxBfyBz52AnGhu8t/view