May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

350

रुपन्देही – एकै दिन रुपन्देहीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीका तीन र अन्य जिल्लाका तीन गरि सोमबार जम्मा छ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवास्थित युसीएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र बुटवल १३ की ७९ वर्षीय महिला, महरागंज कपिलवस्तुका ५२ वर्षीय, झिमरुक प्युठानका ५८ वर्षीय, रानीगंज मोतिपुर रुपन्देहीका ३८ वर्षीय र स्वर्गद्वारी प्युठानका ४८ वर्षीय पुरुष रहेका छन् ।