May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा थापालाई गृहमन्त्रीमा नियुक्त

450

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति निकाल्दै नेकपा एमालेका नेता बादललाई पुन नियुक्ति गरेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम थापालाई कार्यभार तोकिएको हो ।

माओवादि केन्द्रका नेता बादलले पार्टी परित्याग गरि एमाले प्रवेश गरेपछि उनको सांसद पदसंगै स्वत: गृहमन्त्रीको पद पनि गएको थियो । यद्यपि प्रधानमन्त्री ओलीले संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार बादलको गृहमन्त्रीमा पुनः नियुक्ति गरेका हुन् ।

उनले आजै पदको शपथग्रहण गर्ने छन् ।