May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

प्रधानमन्त्रीले बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति दिने, शपथग्रहण आजै

365

काठमाडौं – सांसद तथा गृहमन्त्री पद खारेज भएका रामबहादुर थापा बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: गृहमन्त्रीमै नियुक्ति दिने भएका छन् ।

संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार बादलको गृहमन्त्रीमा पुनः नियुक्ति हुने भएको हो । आइतबार (आजै) साँझ पाँच बजे राष्ट्रपति निवासमा बादलले शपथग्रहण गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जिएनएनलाई बताए ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य भएका बादललाई पार्टी छोडि एमालेमा प्रवेश गरेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोहि आधारमा संघीय संसद सचिवालयले आइतबारदेखि लागु हुने गरि उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको जानकारी दिएको थियो ।