April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

कम्युनिष्ट एकता अझै आवश्यक छ, हामीले गरेको एकता गल्ती थिएन : प्रचण्ड

175

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्ष पुप्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट एकता अझै आवश्यक रहेको बताएका छन् । कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा पश्चिम नेपालमा रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफूहले एमाले र माओवादी एकता गरेर गल्ती नभएको पनि उनले दाबी गरेका छन् । उनले आफूहरुले देशमा समाजवाद निर्माण गर्ने ठूलो उद्देश्य लिएर पार्टी एकता गरेको भएपनि अदालतले पार्टी विभाजन गरिदिएको बताए ।

प्रचण्डले आफूले देशको समृद्धिको लागि गरेको एकता तीन वर्ष पनि नटिकेको बताए । उनले विश्वमा पार्टी विरोधी गतिविधि गर्ने नेताहरु भएजस्तै नेपालमा पार्टी फुटाउने र परिवर्तनको विरुद्धमा कदम चाल्ने नेताहरु जन्मिएको बताए ।

ओलीको प्रतिगामी कदमको विरुद्ध नेकपाको ७० प्रतिशतभन्दा बढी नेताहरुसहित जनताको ठूलो सख्यामा लडेर प्रतिगमन सच्याइएको उनले बताए । तर, अदालतले नेकपालाई विभाजन गराएर एमाले र माओवादी बनाइदिएर अहिले विडम्बनाको अवस्थामा रहेको बताए ।

उनले अब यो सड्यन्त्रको विषयमा जनता जाग्न पर्ने बताएका छन् । यो सिष्टममा अदालत भनेको अदालत भएकाले असहमति जनाउँदै आाफूहरु अदालतको निर्णयलाई मान्दै अगाडि बढेको बताए ।