August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

वागमती प्रदेशका जिल्लामा एमालेकाे नेपालपक्षले तोक्यो जिल्ला नेतृत्व

1.9K

काठमाडाैं- माधव नेपाल पक्षीय एमालेले वागमती प्रदेशका जिल्लाहरुमा समानान्तर कमिटी गठन गरेको छ। 

वागमती प्रदेश कमिटी बैठकले जिल्ला इन्चार्जसहित नेतृत्व चयन गरेको हाे। काठमाडौं इन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ। काठमाडौं महानगरको इन्चार्जमा जीवनराम श्रेष्ठ र सह-इन्चार्जमा सुरेन्द्र पाण्डेय चयन भएका छन्।

देवशंकर पौडललाई रामेछाप, अरुण नेपाललाई सिन्धुपाल्चोक, कृष्ण खनाललाई चितवन, विरोध खतिवडालाई मकवानपुर, सोमप्रसाद मिश्रलाई भक्तपुर, कमजजंग राईलाई सिन्धुली र माधव अर्याललाई रसुवाको इन्चार्ज तोकिएको छ।

Advertisement

सिन्धुपाल्चोकको अध्यक्षमा झंक नेपाल,  उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा चयन भएका छन्। ललितपुरको अध्यक्ष हरिकृष्ण थापा बनेका छन्। उपाध्यक्षमा कृष्णमान लामा, सचिवमा प्रेम महर्जन, उपसचिवमा तारा संजेल, ललितपुर महानगर अध्यक्षमा श्रीगोपाल महर्जन चयन भएका छन्। 

नुवाकोटको अध्यक्षमा नारायण खतिवडा,उपाध्यक्ष वासु बढुवाल, सचिव वुद्धि प्रधान, उपसचिव विष्णु लोहनी बनेका छन्। काठमाडौं अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की,  उपसचिव एलपी श्रेष्ठले जिम्मेवारी पाएका छन्।

काभ्रेको अध्यक्ष टोकबहादुर वाइबा चयन भएका छन् भने उपाध्यक्षको जिम्मेवारी तोकिएको छैन।