April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

145

काठमाडौं–नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगति भएको छ।

देशको पछिल्लो राजनीतिक अवस्था तथा सत्ता सहकार्यका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठक अचानक स्थगित भएको हो।

पार्टीका अधिकांश स्थायी कमिटी सदस्य विविध कारणले उपत्यका बाहिर रहेकाले आजको बैठक स्थगित गर्नु पर्नेको माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले बताइन्।

बैठकको नयाँ मितिबारे कुनै औपचारिक तयारी नभएको भन्दै उनले अबको केही दिनै बस्ने बताइन्।