April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

आजको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय हुन सक्ने

230

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ।

कोटेश्वरस्थित पार्टी कार्यालयमा बस्ने  बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था तथा सत्ता सहकार्यका विषयमा छलफल हुने बताइएको छ।

बैठक विशेषगरी प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तामा जाने निर्णय गरेपछिको राजनीतिक अवस्थाबारे छलफलमा केन्द्रित हुने बताइएको छ। 

नेपाली कांग्रेसको शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आफ्नै नेतृत्वमा सरकारमा जाने निर्णयको थियो। 

आजको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताकारे पनि निर्णय गर्न सक्ने एक नेताले बताए।

गतबिहीबार सम्पन्न माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले केही दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो। सोही निर्णय अनुरुप बैठक बोलाइएको हो।

बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेन्डासमेत तय गर्ने बताइएको छ।