काठमाडौं– आइतबार (भोलि) नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्ने भएको छ।
कांग्रेसले सत्तामा जाने निर्णय गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न कोटेश्वरस्थित पार्टी कार्यालयमा भोलिका लागि बैठक आह्वान गरिएको हो ।
बिहीबार सम्पन्न माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले केही दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो। सोही निर्णय अनुरुप बैठक बोलाइएको हो।
बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेन्डासमेत तय गर्ने बताइएको छ।