April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

ओलीविरुद्ध देशव्यापी रुपमा सक्रिय बन्न एमालेका ११ नेताको अपील [पूर्णपाठ]

410

काठमाडाैं- वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका ११ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी रुपमा सक्रिय हुन पार्टीका नेता, कार्यकर्ता र सुभेच्छुकहरुलाई अपिल गरेका छन्।

शुक्रबार साँझ जारी गरिएको संयुक्त विज्ञप्तिमार्फत् उनीहरुले यस्तो अपिल गरेका हुन्। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि यस्तो अपिल गरेका ११ जनाले तीन दिनपछि फेरि त्यही आह्वान गरेका छन्।

उनीहरुले प्रधानमन्त्री ओलीले बाह्य शक्तिको आडमा देश, जनता र पार्टीप्रति घात गरेको आरोपसमेत लगाएका छन्।

https://drive.google.com/file/d/1j9C1fHAlWHRy7nUmEdwASgZesKuKMXUU/view