April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

‘व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टी पोखिएको मात्रै हो’: प्रधानमन्त्री ओली

165

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिएको बताएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरुले सरकारलाई काम गर्न नदिएको बताएका हुन् ।

‘सरकारलाई काम गर्न दिएको छैन् । हामीले अन्येल, अस्थीरता यसैमा रुमलिरहने यो कुरा हुन सक्दैन’, उनले भने ।

‘संसद पुनःस्थापना भयो । संसद न काम अगाडि बढाउन सक्छ न केही गर्न सक्छ । त्यस्तो स्थितिमा संसद तानातानको थलो भएको छ । संसद तानातानको थलो हुनुहुँदैन’, उनले भने ।

प्रधानमन्त्री अ‍ोलीले जनताको चेतनालाई प्रतिगमन भयो भनेर स्यालहुँयाँ मच्याएको बताए । उनले प्रधानमन्त्री हुन नपाउँदा प्रतिगमन हुन्छ ? भन्दै विपक्षीहरुलाई प्रश्नसमेत गरेका छन् ।

‘कतिपय कराउँदै गर्छन् । अब जनताको चेतनालाई प्रतिगमन भयो भनेर स्यालहुइँयाँ मच्चाउन पाउने छैनन् । के हो प्रतिगमन भनेको ? प्रधानमन्त्री हुन नपाउँदा प्रतिगमन हुन्छ ? व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टी पोखिएको मात्रै हो’, प्रधानमन्त्री ओलीले भने ।